इलाम र ताप्लेजुङका कार्यक्रमका लागि उडे प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-०८-०८ ०९:५३ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलाम क्षेत्रको विभिन्न कार्यक्रमका लागि उडेका छन्।
बिहान पौने १० बजे सेनाको हेलिकप्टरमार्फत पर्यटनमन्त्री योगेश भट्टाराई, नेकपा दलका उपनेता सुवाष नेम्बाङ पनि त्यसतर्फ लागेका छन्।
प्रधानमन्त्री ओलीले इलामको सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले यसक्रममा ताप्लेजुङको घुन्सामा बनेको स्वास्थ्य चौकीको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
पूर्वी क्षेत्रमा प्रधानमन्त्रीको स्थलगत भ्रमण हुने भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मन्त्रीहरु पनि पुग्ने कार्यक्रम रहेको छ।
फेसबुक पेज Like गर्नुहोस