नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं - गत फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत निर्वाचित २७४ जना प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।
उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन । केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबारशपथ गराएका थिए।
राष्ट्रपतिबाट शपथ लिएका ज्येष्ठ सदस्यले नै बाँकी सांसदलाई शपथ गराउने व्यवस्था रहेको छ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
सांसदहरू आ-आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस