प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
आइतबार अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले कोरोनाबाट संक्रमितको निशुल्क परीक्षण र उपचार गर्न सर्वोच्च अदालतकाे परमादेश उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अवेहलनाको निवेदन दर्ता गरेका हुन् ।
गत असोज २७ गते सर्वोच्च अदालतले कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायले कुनैपनि शुल्क लिन नपाउने गरी सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो तर, सरकारले त्यसको उल्लंघन गर्दै कात्तिक २ गते नागरिकले कोरोनाको उपचार आफैँ गर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस