प्रतिनिधिसभा बैठक स्थगित, भोलि १ बजे बस्ने
खबर एक्सप्रेस
२०८२-०२-२२ ०४:५६ मा प्रकाशित
Total Shares: 73
काठमाडौं - प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ। विपक्षी दलले संसद अवरोध गर्ने अडान कायमै राखेपछि बैठक बस्नै नबसी बिहीबार लागि सारिएको संसद सचिवालयले जानकारी दिएको छ।
यसअघि बुधबार १ बजे प्रतिनिधिसभा बैठक बस्ने तालिका थियो। तर, विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म अवरोध कायमै राख्ने अडान लिएपछि बैठक बस्न नसकेको हो।
संसद खुल्न नसक्दा बजेटका विषयमा हुने भनिएको छलफल हुन सकेको छैन।

.gif)



फेसबुक पेज Like गर्नुहोस