झण्डा जलाएको भिडियो बनाउने एक युवा पक्राउ
काठमाडौं - राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने एक युवा पक्राउ परेका छन् । जात, धर्म र राष्ट्रियताविरुद्धको भिडियो बनाएको आरोपमा ‘क्यामेराम्यान’ लाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो । उनी हालै युट्युबमा राखिएको म्युजिक भिडियोका 'क्यामेराम्यान' रहेको प्रहरीले जनाएको छ ।
भिडियोबारे प्रहरीलाई जानकारी भएपछि प्रहरीले खोजि गरेको महाशाखाका प्रबक्ता ईश्वर कार्कीले बताए । उनका अनुसार गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।
उक्त भिडियो सोमबार एक युट्युव च्यानल मार्फत अपलोड भएको थियो । ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीले जानकारी पाएको थियो ।
भिडियोमा गायक तामाङले झण्डा जलाएका छन् भने जातिमाथि अभद्र शब्द प्रयोग गरेका छन् । उक्त भिडियो मकवानपुरको एक विद्यालयमा सुटिङ गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस