काठमाडौं उपत्यकासहित बागमतीमा घट्यो गाडी भाडा
खबर एक्सप्रेस
२०८०-०२-१२ ११:१३ मा प्रकाशित
Total Shares: 22
काठमाडौं - काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाइएको छ ।
उपत्यकामा छोटो दूरीको भाडा अब १९ रुपैयाँ भएको छ। हाल २० रुपैयाँ छ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।
फेसबुक पेज Like गर्नुहोस