काठमाडौं - संवैधानिक नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

दिनभर विपक्षीका तर्फबाट बहस भएको उक्त मुद्दाको सुनुवाई अब विहिबार हुने भएको छ ।

५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी ४ वर्षअघिदेखिको विवादमा संवैधानिक इजलासमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ।

पछिल्लो समय निरन्तर सुनुवाइमा लगिएको छ। लामो समयदेखि संवैधानिक इजलासमा अरु मुद्दा प्रभावित भएपछि बुधबार प्रभावित भएका मुद्दाहरू सुनुवाइ हुने बताइएको छ ।