सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा
खबर एक्सप्रेस
२०७७-०९-२२ ०५:०२ मा प्रकाशित
Total Shares: 346
काठमाडौं,सुुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका थिए।
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट पारे ।
उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।
फेसबुक पेज Like गर्नुहोस