संसद अवरोध खुलाउन आज पनि भएन सहमति
खबर एक्सप्रेस
२०८२-०३-०१ ०३:०३ मा प्रकाशित
Total Shares: 430
काठमाडौं - सभामुख देवराज घिमिरे सहित बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक निष्कर्षविहीन भएको छ ।
संसद अवरोध खुलाउने विषयमा सभामुख घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको बसेको संयुक्त बैठक आज पनि सहमतिमा पुग्न नसक्दा निष्कर्षविहीन भएको हो ।
गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको छ ।
सभामुखसहितको छलफल कांग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको नेतृत्व वर्षमान पुन छलफलमा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस