ओलीले शुक्रबार एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने
खबर एक्सप्रेस
२०७८-०९-२२ ०२:२७ मा प्रकाशित
Total Shares: 252
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उद्घाटन हुन लागेको हो ।
फेसबुक पेज Like गर्नुहोस