डब्ल्यूएचओले ट्रम्पलाई दियो जवाफ
एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले विश्व महामारीमा होमिएको बेला कोरोना भाइरसको राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।
मंगलबार र बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाहहरु जारी गरेको आरोप लगाएपछि डब्ल्यूएचओले यस्तो जवाफ दिएको हो ।
महानिर्देशक ट्रेडोसले ट्रम्पले लगाएका ती आरोपहरुको खण्डन गर्दै राजनीतिकरण बन्द गर्न आग्रह गरेका हुन्। ‘हामी प्रत्येक राष्ट्रको नजिक छौं। हामी रगं छुट्याउन नसक्ने भएका छौं’, उनले ट्रम्पको टिप्पणी गर्दै भने।
यसअघि ट्रम्पले अमेरिकाले दिदैं आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका थिए।
फेसबुक पेज Like गर्नुहोस