काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिबाट आजित वीरगञ्जका औद्योगिक घरानाले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन सुरु गरेका छन् । 

रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट असीबी फुड एन्ड फिड प्रालि सञ्चालन गरिरहेको  छ । यस उद्योगका लागि प्राधिकरणबाट विद्युत् आपूर्ति लिइएको छैन । 

त्यसैगरी मोरङ कटहरी क्षेत्रमा स्थापना भएका झण्डै ४० वटा उद्योगहरु विद्युत् क्षमता नपुग्दा बन्द हुने अवस्थामा पुगेका छन् । 

 आर्थिक अभियानबाट