काठमाडौं - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकामा अनिश्चितकालिनका लागि राष्ट्रिय संकटकालको घोषणा भएको छ ।

संक्रमणबाट ४१ जनाको ज्यान गइसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरेका हुन् ।

'म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछुुु, ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने।

राष्ट्रिय संकटकालको घोषणा गर्दै ट्रम्पले संक्रमणसँग लड्नका लागि राज्य र स्थानीय सरकारलाई ५० बिलियन डलरसम्मको सहुलियत दिने घोषणा गरे।

सम्बोधनमा ट्रम्पले कोरोना भाइरसको परीक्षण क्षमतालाई ठूलो मात्रामा वृद्धि गर्ने बताए।