प्रचण्डपत्नी सीता दाहालको भेन्टिलेटरमा राखेर उपचार हुँदै
खबर एक्सप्रेस
२०७९-०७-२१ ०९:४० मा प्रकाशित
Total Shares: 143
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दियो ।
सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । यसअघि १५ दिन अस्पतालको बसाइपछि सीतालाई कात्तिक १४ गते डिस्चार्ज गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस