सुर्खेत - कर्णालीमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानका ६, सुर्खेतका २, दैलेखका २ र रुकुम पश्चिमका १ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा. लक्ष्मिनारायण तिवारीले बताए ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ ।

No photo description available.