उद्गमस्थल हुवेईमा कोरोना शून्य
खबर एक्सप्रेस
२०७६-१२-२५ ०९:४७ मा प्रकाशित
Total Shares: 504
एजेन्सी - कोरोना भाइरस अर्थात् कोभिड १९ को उद्गमस्थल चीनको हुवेई प्रान्तमा संक्रमित र मृत्यु हुनेको संख्या शून्य भएको छ ।
चीनियाँ स्वास्थ्य आयोगलाई उदृत गर्दै सिन्हवाले लेखेको छ, 'पछिल्लो २४ घण्टामा हुवेईमा कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या शून्य भएको छ ।'
डिसेम्बरबाट फैलिएको सो भाइरसले केहि समय हुवई प्रान्त तहसनहस बनाएको थियो । कुनै दिन त्यहाँ मृत्यु हुनेको संख्या ४ सय सम्म पुगेको थियो । तर, अहिले त्यो संख्या शून्यमा आएर खुम्चिएको छ । चीनमा कोरोनाबाट अहिलेसम्म ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कोरोनाबाट विश्वभर झण्डै ७५ हजार जनाको मृत्यु भएको छ भने १३ लाख मानिस संक्रमित रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस