काठमाडौं - लामो विवादका बीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन्।

स्रोतका अनुसार प्रचण्ड करिब १२ बजे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । प्रचण्डले ५ दिनपछि ओलीलाई भेटेका हुन्।

ओली र प्रचण्डबीच लामो समयदेखि देखिएको विवाद समाधान हुन सकेको छैन । पछिल्लो समय दुवै अध्यक्षले आ आफ्नो गुटमा जे पनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई आन्तरिक निर्देशन दिइसकेका छन् ।