बालुवाटारमा विरोध प्रदर्शन, प्रदर्शनकारीमाथि लाठीचार्ज र पानीको फोहोरा
खबर एक्सप्रेस
२०७७-०२-२७ ०२:२० मा प्रकाशित
Total Shares: 487
काठमाडौं - लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।
बालुवाटार क्षेत्रमा मंगलबार युवाहरुले कोरोना नियन्त्रणमा सरकारले खेलेको फितलो भूमिकाको विरोध गर्दा लाठीचार्ज र पानीको फोहोरा प्रयोग भएको हो ।
कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उनीहरू व्यक्तिगत दूरी कायम गर्दै धर्ना दिन प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । सामाजिक सञ्जालबाट जुटेका युवाहरू बालुवाटारमा धर्ना दिन पुगेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस