मेरो नियति प्रचण्डले भोग्नु नपरोस् : कमल थापा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन्। ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यही नियति भोग्नु नपरोस् भनेका हुन्।
उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस । मेरो शुभकामना।’

.gif)



फेसबुक पेज Like गर्नुहोस