कोरोना संक्रमण बढ्न थालेपछि बेलायतमा पुनः लकडाउन
काठमाडौं,एजेन्सी - कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फेरि देशव्यापी लकडाउनको घोषणा गरेका छन् । जोनसनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको घोषणा गरेका हुन् ।
लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसनले सकेसम्म घरबाहिर ननिस्कन सबैसँग अनुरोध गरेका छन् । लकडाउन लागु भएसँगै मंगलबारदेखि कोही पनि घरबाहिर निस्कन पाउने छैनन् ।
संक्रमित र अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएपछि बेलायतमा पुनः लकडाउनको घोषणा भएको हो । यस्तै प्रधानमन्त्री जोनसनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने चिन्ता व्यक्त समेत गरेका छन् ।
प्रधानमन्त्री जोनसोनले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोना विरुद्धको खोप दिन सुरु गर्ने जोनसनले उल्लेख गरेका छन् ।
हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो डोज दिने जोनसनले बताए ।
डाउनस्ट्रिटमा बोल्दै प्रधानमन्त्री जोनसनले बुधबार सबेरै कानुनको रुपमा लागु हुनु अघि नै लकडाउन पालना गर्न पनि सबैसँग अनुरोध गरेका छन् ।
बेलायतमा अहिलेसम्म २७ लाख १३ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ७५ हजार ४३१ जनाको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस