धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन
खबर एक्सप्रेस
२०७७-१०-१७ १२:५८ मा प्रकाशित
Total Shares: 371
काठमाडौं, धनगढी - नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरू भएको छ । धनगढी चौराह र क्याम्पसरोडबाट नाराबाजीसहित जुलुस निकालिएको छ। जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्रीविरूद्धमा नाराबाजी गरिरहेका छन्।
उक्त समूहका नेता दीर्घ जोशीले बृहत् र्याली सुरू भएको जानकारी दिए। उनले केहीबेरमा खुलामञ्चमा सुरू हुने विरोध सभातर्फ र्याली पुग्ने बताए।
सभामा वक्ताका रूपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधव कुमार नेपाल र प्रदेश इन्चार्ज भीम रावललाई राखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस