रास्वपालाई बधाई दिदैँ कुलमानले भने- सकारात्मक कार्यमा समर्थन र गलतमा सडकबाटै खबरदारी गर्छौ
काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई आगामी सरकारले देशमा सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले
परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै रास्वपालाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना समेत दिएका हुन्।
घिसिङले नयाँ सरकारबाट हुने सकारात्मक कार्यमा आफ्नो पार्टीले साथ दिने र जनहित विपरीत कदम चालिएमा सडकबाटै खबरदारी गर्ने प्रष्ट पारेका छन्।
'चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृध्दिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु। सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ। अन्त्यमा, चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु,' उनले लेखेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस