बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आईसीयूबाट निकालियो
खबर एक्सप्रेस
२०७६-१२-२८ १०:१९ मा प्रकाशित
Total Shares: 440
एजेन्सी - कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्य अवस्था सामान्य भएपछि बोरिसलाई आईसीयूबाट निकालेको बिबिसीले जनाएको छ ।
आइतबार लन्डनस्थित सेन्ट थम्सन अस्पतालमा भर्ना भएका बोरिसको स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयूमा राखिएको थियो ।
जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । सोमबार उनलाई आईसीयूमा राखिएको थियो । अहिलेसम्म बेलायतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या सात हजार नौ सय ७८ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस