आरआर क्याम्पसमा नेविसंघको तोडफोड
खबर एक्सप्रेस
२०८२-०१-२२ ०३:५१ मा प्रकाशित
Total Shares: 63
काठमाडौं-नेपाली कांग्रेसनिकट नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तोडफोड गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भइसकेको अवस्थामा क्याम्पसमा तोडफोड गरेको हो ।
सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेपछि नेविसंघको एउटा समूहले सोमबार आरआर क्याम्पसमा तोडफोड गरेको छ। उनीहरूले सर्वसम्मतको साटो निर्वाचन नै गर्नुपर्ने भन्दै तोडफो गरेका हुन् ।
तोडफोडका क्रममा क्याम्पसको महत्वपूर्ण कागजात च्यातिएको छ। प्रशासन कक्षमा रहेका ल्यापटप र कुर्सीसमेत फ्याँकिएको छ ।
नेविसंघका कार्यकर्ताले ल्यापटप र कुर्सी माथिल्लो तलबाट झट्टी हानेर फ्याँकेका थिए । ती सामान माथिल्लो तलाको बरान्डाबाट भुइँमा फ्याँकेर फुटाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस