नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६७१ जना कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०३-०४ ०४:४९ मा प्रकाशित
Total Shares: 429
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । यो अहिलेसम्मकै नेपालमा पछिल्लो २४ घण्टामा देखिएको सक्रमितको संख्या सबैभन्दा धेरै हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितमध्ये एक हजार १ सय ८६ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय १९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।
हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
फेसबुक पेज Like गर्नुहोस