काठमाडौँ - नेकपा (बहुमत) पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाएको छ ।

सोमबार पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर असंवैधानिक कमद चालेपछि नेकपा विभाजन भएको छ । पोखरेल र गुरुङ ओली समूहका हुन् । 

पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।

बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो ।