कमलादीमा हिमानी र हृदयन्द्रले गरे दीप प्रज्वलन
खबर एक्सप्रेस
२०८२-०२-२० ०७:०९ मा प्रकाशित
Total Shares: 150
काठमाडौं - दरबार हत्याकान्डमा मारिएका राजा रानीसहित परिवारका सदस्यको सम्झनामा कमलादी गणेश मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ ।
कमलादीस्थित गणेश मन्दिरमा पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहले दीप प्रज्वलन गरेका हुन् ।
यसअघि नारायणहिटी दरबार परिसरमा रहेको नारायण मन्दिरमा दीप प्रज्वलनको तयारी गरिएको भए पनि कमलादीमा गरिएको थियो ।
दीप प्रज्ज्वलनमा पूर्वराजा ज्ञानेन्द्र शाह भने अनुपस्थित थिए । २०५८ सालमा भएको दरबार हत्याकान्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित परिवारका सदस्य मारिएका थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस