इटाली विश्वकपमा छनोट हुन असफल
काठमाडौं - चारपटकको विश्व च्याम्पियन इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ ।
बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीको यात्रा यतिमै टुंगिएको हो । यसअघि पनि इटाली २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा छनोट हुन सकेको थिएन ।
खेलमा पिओ एस्पोसिटोले पेनाल्टी बाहिर प्रहार गरे भने ब्रायन क्रिस्टान्तेको प्रहार क्रसबारमा लागेर फर्कियो । प्रशिक्षक जेन्नारो गट्टुसोको टोली १० खेलाडीमा सीमित रहँदा पनि खेललाई पेनाल्टीसम्म तानेको थियो, तर अन्ततः हार व्यहोर्नुपर्यो ।
इटालीले १५औं मिनेटमा मोइज केनको गोलबाट अग्रता लिएको थियो। निकोलो बारेल्लाको दबाबपछि गोलकिपर निकोला वासिल्जको गल्तीको फाइदा उठाउँदै केनले सुन्दर गोल गरेका थिए । तर पहिलो हाफको अन्त्यतिर अलेसान्द्रो बास्टोनी रातो कार्ड पाएपछि इटाली १० खेलाडीमा सीमित भयो । त्यसपछि बोस्नियाले लगातार आक्रमण गर्यो ।
७९औं मिनेटमा एडिन जेकोको हेडर गोलकिपर जानलुइजी डोनारुम्माले रोके पनि रिबाउन्डमा हारिस तबाकोभिचले गोल गर्दै खेल बराबरीमा ल्याए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस