संवैधानिक निकाय कसैको दबाबमा पर्ने छैन भन्नेमा ढुक्क छौं : नारायणकाजी श्रेष्ठ
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक निकाय कसैको दबाबमा पर्ने छैन भन्नेमा आफू ढुक्क रहेको बताएका छन् ।
मंगलवार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले आयोजना गरेको कार्यक्रममा आन्दोलन मूल आयोजक समितिका संयोजक समेत रहेका श्रेष्ठले यस्तो बताएका हुन् ।
संवैधानिक निकायमा काम गर्ने व्यक्तिहरुले निष्पक्ष र स्वच्छ ढंगले आफ्नो भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
‘संवैधानिक निकाय र अंगहरुले स्वच्छ ढंगले भूमिका निर्वाह गर्नेछन्। संवैधानिक अंगका व्यक्तिहरुलाई स्वच्छ ढंगले काम गर्ने वातावरणमा काम गर्ने ग्यारेन्टी गर्न पनि आमसभा गरेका छौँ। उहाँहरू कसैको दबाबमा जानुहुने छैन भन्नेमा हामी ढुक्क छौँ। उहाँहरूप्रति सम्मान गर्न चाहन्छौँ।’ श्रेष्ठले भने ।
फेसबुक पेज Like गर्नुहोस