काठमाडौं - उद्योगमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई सानो झिल्को भएको टिप्पणी गरेका छन् ।

बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले यस्तो टिप्पणाी गरेका हुन् । 'प्रचण्ड-नेपाल सानो झिल्को हो । विलाएर जान्छ । भोलि हराउँछ ।' उनले भने । 

साथै, थापाले ओलीकै नेतृत्वमा अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा समृद्ध नेपालको सपना देखेको पनि उनले बताए। 

‘सडकमा उहाँहरू भन्दै हुनुहुन्छ ओलीले संघीयता खारेज गर्छन् भनिरहनु भएको छ। यसले अस्थिरता निम्त्याउँछ,’ उनले भने। भट्टले सडकमा गएर पार्टी एकता नहुने पनि बताए। ओलीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने आँट गरेको उनको भनाइ छ।