काठमाडौं-सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से २३.१९ अंकले बढेर २हजार ६५३ को विन्दुमा कायम भएको हो । बजारसँगै १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घटेको छ । एकको शेयर मूल्य स्थिर छ ।

समूहगत रुपमा आज अन्य समूहकाे मूल्य सबैभन्दा धेरै २.६३ प्रतिशत, हाइड्रोपावरकाे मूल्य २.३५ प्रतिशत, बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८ र निर्जीवन बीमा समूहको मूल्य ०.४४ प्रतिशतले बढेको छ ।

व्यापार समूहकाे मूल्य ०.४४ प्रतिशत, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन समूहको मूल्य ०.२५ प्रतिशतले घटेको छ ।

आज ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड माथिको कारोबार भएको छ । सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।