ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री मार्क एस्परलाई
खबर एक्सप्रेस
२०७७-०७-२५ १२:०८ मा प्रकाशित
Total Shares: 344
काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् ।
उनले ट्वीटरमार्फत् रक्षामन्त्री एस्परलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका हुन् । नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बीबीसीको खबरमा उल्लेख छ । एस्परलाई निष्कासित गरिएकोबारे कारण भने खुलाइएको छैन ।
पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएका थिए।

.gif)




फेसबुक पेज Like गर्नुहोस