मुगु जीप दुर्घटना अपडेट: थप एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो
खबर एक्सप्रेस
२०८०-०४-३० ०९:३६ मा प्रकाशित
Total Shares: 196
मुगु - मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका ७ सीप चिप्ले गौडामा चिप दुर्घटना हुँदा मृत्यस हुनेकाे संख्या ५ पुगेकाे छ । जिल्ला अस्पताल ल्याउदै गर्दा सोरु गाउँपालिका ५ लोक जंग नेपालीको मृत्यु भएको हाे । अन्य चार जना घाइतेको जिल्ला अस्पताल मुगु मा उपचार भईरहेको छ ।
प्रहरीका अनुसार हुम्ला जिल्लाको सर्केगाड–२ रिपगाउँका एकै नामथरका २ जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारकाे यसअघि नै मृत्यु भइसकेकाे थियाे ।
फेसबुक पेज Like गर्नुहोस