ललिता निवास जग्गा प्रकरणः १० लाख धरौटी बुझाएर छुटे गच्छदार
काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।
विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका उनी बुधबार बिहान विशेष अदालतमा हाजिर भएका थिए । अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा आयोगले अदालतमा गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसै प्रकरणमा मुछिएका गच्छदार भौतिक पूर्वाधार मन्त्री हुँदाका सचिव तथा पूर्वअख्तियार प्रमुख दीप बस्न्यातलाई अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थयो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस