काठमाडौं - सत्तारूढ दल नेकपाको विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रदेश १ को भेला गर्न लागेको छ।

त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई काठमाडौं बोलाएका छन्।

शुक्रबार अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीभित्रको पछिल्लो विवादको विषयमा जानकारी दिन भेला राखिएको एक नेताले बताए।

यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एक नम्बर प्रदेशका आफूपक्षीय नेताहरूसंग भर्चुअल भेला राखेका थिए।