काठमाडौं, वीरगन्ज - वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि  विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । असार १ गतेदेखि विद्यार्थीको भैतिक उपस्थितिमै कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो ।  लागेको महानगरले जनाएको छ 

महानगरले एक विज्ञप्ति जारी गर्दै सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेको हो । 

बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गराउन विद्यालयले महानगरले दिएका सातावटा नियमहरु पालना गर्नुपर्नेछ । विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र मास्कको व्यवस्था, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने जस्ता नियमहरु विद्यालयले अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । यी लगायत अन्य नियमहरु पालना गर्नुपर्ने महानगरले जनाएको छ ।