एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९) को महामारी मानव जगतका लागि दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको चेतावनी दिएका छन् ।

उनले कोरोनाका कारण विश्वव्यापी आर्थिक मन्दी आउने चेतावनीसमेत दिएका छन् । ‘कोरोनाको महामारीले अहिलेसम्म ननिम्तिएको विश्वव्यापी मन्दी ल्याउने देखिन्छ’, कोरोनाको महामारीले विश्वमा पार्ने सामाजिक आर्थिक प्रभावबारे रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले भनेका छन् ।

कोरोनाले मानव समाजका सबै क्षेममाथि आक्रमण गरेको र यो संसारकै लागि परीक्षा भएको औंल्याए । । सबै मिलेर कोरोनाको सामना गर्नुपर्ने उनको भनाइ थियो ।

‘कोोना संसारका लागि ठूलो चुनौती र परीक्षा हो’, उनले भने, ‘यसको सबै मिलेर सामना गर्नुपर्छ ।’ महासचिव गुट्रेसले कोरानासँग जुध्न समन्वयकारी स्वास्थ्य सतर्कता एक मात्र विकल्प भएको धारणा पनि सनर्वजनिक गरेका छन् ।

मध्यम र निम्न स्तरका देशलाई आर्थिक सहायता गर्ने उद्देश्यले राष्ट्रसंघले राहत कोष स्थापान गर्न लागेको जानकारी पनि महासचिव गुट्रेसले दिए ।