काठमाडौं - सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

शिक्षामन्त्री एवम सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने गरिएको हो ।