काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

मंगलबार बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो।

मंगलबार करिब ५ घन्टा बसेको समितिको बैठकले नागरिक विधेयक पारित गरेको सभापति रामहरि खतिवडाले बताए।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने छ।