राजावादीको एकता कसैले कमजोर बनाउन सक्दैन : कमल थापा
खबर एक्सप्रेस
२०८२-०१-२५ ०२:४४ मा प्रकाशित
Total Shares: 46
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकतालाई कमजोर बनाउन नसक्ने बताएका छन् ।
बिहीबार राजधानीमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं ।’
काठमाडौंमा जेठ १५ गते लाखौंको संख्यामा मान्छे उपस्थित भएर प्रदर्शन हुने उनको दाबी छ ।
उनले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गरे ।
फेसबुक पेज Like गर्नुहोस