बाल यौन दुर्व्यवहार मुद्दाका थुनुवा प्रहरी नियन्त्रणबाटै फरार
खबर एक्सप्रेस
२०८०-०९-०६ ०५:०४ मा प्रकाशित
Total Shares: 137
काठमाडौं,सिराहा-सिराहा प्रहरीको नियन्त्रणबाट शुक्रबार एक थुनुवा फरार भएका छन् ।
बाल यौन दुर्व्यवहारको मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका लहान-२१ का छोटु सदाय भागेका हुन् ।
म्याद थप्नका लागि शुक्रबार सिराहास्थित सरकारी वकिल कार्यालय लगिएको समयमा सरकारी वकिल कार्यालय अगाडिबाट सदाय भागेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
फरार भएका सदाय बिहीबारदेखि प्रहरी नियन्त्रणमा थिए । उनको खोजी भइरहेको सिराहा प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस