काठमाडौं - कोरोना भाइरसका कारण अमेरिकामा ११ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या १५९ पुगेको छ । कोरोना भाइरसका कारण बुधबारमात्रै अमेरिकामा दुई जनाको मृत्यु भएको हो ।

कोरोना भाइरस फैलिएसँगै अमेरिकाले पनि आम मानिसहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विदेशी पर्यटकहरुलाई प्रतिबन्ध लगाउने तयारीमा अमेरिका रहेको बताइएको छ ।

विदेशी पर्यटकका कारण कोरोना भाइरस फैलिएको समाचार आएसँगै अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ ।

पछिल्लो समय अमेरिकामा पनि तीब्र रुपमा कोरोना भाइरस फैलिएको छ । यसले आम मानिसमा त्रासको वातावरण बनाएको छ । सरकारले सजग रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेपनि अमेरिनहरु निकै भयावह स्थिति आएको भन्दै त्रसित रहेको बताइएको छ ।