काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणका सम्बन्धमा छलफल हुने जानकारी दिए ।

जेठ १५ गतेदेखि राजसंस्था पुनस्र्थापनाको लागि भन्दै अनिश्चितकालीन आन्दोलन पनि घोषणाबारे पनि छलफल हुनेछ । आज प्रतिनिधिसभाको पनि बैठक बस्दैछ ।

बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन् ।