नेकपा विवाद उत्कर्षमा, राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
आज साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेको स्रोतले बताएको छ । यसअघि पनि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीनिकट नेताहरुसँग छलफल गरेकी थिइन् ।
पछिल्लोसमय नेकपामा आन्तरिक विवाद बढेको छ । यही अन्तरविरोधी भावना बढेपछि राष्ट्रपति भण्डारीले सक्रियता देखाउँदै आएकी छन् । तर, राष्ट्रपतिको यो भूमिकाप्रति चर्को विरोध समेत हुने गरेको छ ।
लामोसमयपछि शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै नेकपाभित्रको कलह पुनः उत्कर्षमा पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस