काठमाडौं-काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ।

दिनकै हजारौं पर्यटक आउने उक्त क्षेत्रमा मौलिकता, सौन्दर्य र वातावरण शान्त, स्वच्छ र सुरम्य हुन आवश्यक रहेको भन्दै सवारीसाधनलाई निषेध गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । 

'विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन्,' उनले भनेका छन्, 'यसैले हनुमानढोका परिसरभित्र सवारीसाधनहरूलाई निषेध गरिएको छ।'