काठमाडौं - आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पौने २ बजे बस्नेगरी बोलाइएको हो ।

आजै ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोकेको छ ।

अर्थ मन्त्रालयले पनि सिलिङभित्रै रहेर बजेट तयार पारेको जनाएको छ ।