काठमाडौं,एजेन्सी - चिकित्सकले मृत घोषित गरेका एक शिशु दाहसंस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले शिशु जन्मिदै मृत्यु भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका श्रीमान् ३४ वर्षीय हसन सर्ट विक्षिप्त बनेका थिए ।

पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मदै मृत्यु भएको भन्दै चिकित्सकहरुले ‘मृत्युको प्रमाणपत्र’ दिएका थिए । शिशुको समय नपुगी जन्मिएको अर्थात मिसक्यारिज भएको चिकित्सकहरुले बताएका थिए ।

चिकित्सकले दिएको प्रमाणपत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए । जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले ।

शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् । शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गम्भीर विरामी परेकी थिइन् ।