गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं - भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गर्ने अडान कायमै राख्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नभएसम्म संसद् सञ्चालनमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकपछि सांसद माधव सापकोटाले भने, “गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद्को अवरोध जारी राख्ने निर्णय भएको छ।”
यसैबीच, बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पनि छलफलको केन्द्रमा रहेको थियो । माओवादी केन्द्रले बजेट श्रमजीवी तथा आधारभूत वर्गको हितमा केन्द्रित नभएको ठहर गर्दै समर्थन गर्न लायक नरहेको निष्कर्ष निकालेको छ।
बैठकमा बजेटबारे संसदीय दलका सदस्यहरूसँग पार्टीका आर्थिक तथा नीति क्षेत्रका विज्ञहरूले अन्तरक्रियासमेत गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस