ट्राफिक चेकजाँचमा अब नागरिक एपमा लाइसेन्स देखाउँदा हुने
खबर एक्सप्रेस
२०८०-०७-१३ ०४:०६ मा प्रकाशित
Total Shares: 132
काठमाडौं-ट्राफिक प्रहरीलाई चेकजाँचको क्रममा अब नागरिक एपमा रहेको आफ्नो ड्राइभिङ लाइसेन्स देखाउँदा हुने भएको छ ।
नागरिक एपमार्फत् लाइसेन्स देखाउँदा मान्यता नदिएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो नपर्ने सो एपले जनाएको छ ।
नागरिक एपले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारीचालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ ।’
यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस