मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह
खबर एक्सप्रेस
२०८०-०३-२० ११:०७ मा प्रकाशित
Total Shares: 103
काठमाडौं - सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
पहिरोको जोखिम कायमै रहेकाले उक्त सडकखण्डको अवस्था बुझेर मात्रै सो सडक हुँदै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। ‘पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सुरक्षित यात्रा गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ।
मुग्लिन–नारायणगढ सडक पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। यद्यपि, अहिले मुग्लिन–नारायणगढ सडक संचालनमा रहेको छ।
फेसबुक पेज Like गर्नुहोस